२८ गते रातिदेखि मौन अवधि शुरु हुने
३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि २८ गते राति बजेपछि ‘मौन अवधि’ शुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
उक्त अवधिमा कसैले पनि निर्वाचन सम्बन्धी प्रचार प्रसार गर्न पाउँदैन ।
“मौन अवधि शुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निधार्रित क्षेत्रभित्र कुनै उमेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न हुँदैन,” आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै जुलुस, आमसभा, ¥याली, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रम विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने पनि आयोगले स्मरण गराएको छ ।