प्रदेश र सङ्घीय संसद्को चुनावसम्म एमाले प्रतिपक्षमैः गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापाले स्थानीय तहको चुनावपछि हुने प्रदेशसभा र केन्द्रीय चुनावमा पनि एमाले प्रतिपक्षमै रहने बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय चुनाव प्रचारप्रसार समन्वय उपसमितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले सो कुरा बताएका हुन् ।
“सरकार बनाउन अङ्क गणित पनि मिल्नु पर्छ” दोस्रो चरणको चुनाव एमालेको नेतृत्वको सरकारले गराउने भनेर चलाइएको हल्ला निराधार भएको बताउँदै स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले भने, “भर्खरै नेपाल लोकतान्त्रिक फोरम पनि सरकारमा आएको छ, अब वर्तमान गठबन्धन संविधानको पूर्ण कार्यान्वयन गराउँदासम्म जारी रहन्छ ।”
थापाले स्थानीय तहको पहिलो चरणको चुनावपछि यही गठबन्धन अन्तर्गत कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए । उनले भने “अब नेपाली कांग्रेस र माओवादी केन्द्रकाबीच भएको भद्र सहमति अनुरूप नै कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।”