अफिसर्स च्वाइस ब्लू अब नेपालमा
अलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्स प्रालि (एबिडी)ले डिलक्स ह्विस्की ब्राण्ड अफिसर्स च्वाइस नेपालमा सार्वजनिक गरेको छ ।
एबिडीले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर अफिसर्स च्वाइस ब्लू सार्वजनिक गरेको हो ।
नेपालसँगै अफिसर्स च्वाइस ब्लूको पहुँच २६ मुलुकमा पुगेको कम्पनीले जनाएको छ ।
अफिसर्स च्वाइसको उत्कृष्ट प्याकेजिङ र सञ्चार सम्वादले विश्वभरका उपभोक्ताहरुलाई आकर्षित गर्न सफल भएको कम्पनीको दाबी छ ।