रौतहटमा सडक दुर्घटना, दुईको मृत्युु
सडक दुर्घटनामा रौतहटमा दुई जनाको मृत्यु भएको छ ।
दुर्गा–भगवती गाउँपालिकामा ट्रयाक्टर र मोटरसाइकल जुध्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका ९ का ४५ वर्षीय राजेश राम र चन्द्रपुर ११ का ६० वर्षीय बैजु रामको उपचारका क्रममा वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ३० वर्षीया सरस्वती देवी घाइते भएकी छन् ।
सञ्जय मित्र, रौतहट