दोस्रो चरणको निर्वाचन ३१ जेठमै, बीचमा बजेट ल्याउन मिल्छः आयोग
प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले ३१ जेठमै दोस्रो चरणको निर्वाचनको हुने बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यादवले निर्वाचनको मिति तलमाथि गर्दा आयोगलाई प्राविधिक तयारीमा समस्या पर्ने भन्दै तोकिएको मितिमा निर्वाचन हुने बताएका हुन् ।
आयुक्त यादवले निर्वाचनको बीचमा बजेट ल्याउन मिल्ने तर नयाँ कार्यक्रम सार्वजनिक गर्न नमिल्ने पनि बताए । उनले भने– “संवैधानिक व्यवस्था अनुरूप सरकारले १५ जेठमा बजेट ल्याउन सक्छ तर निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित हुने खालका नयाँ कार्यक्रम समावेश गर्न पाइँदैन् ।”
आयोगले सरकार परिवर्तन र बजेटमा कुनै हस्तक्षेप नगर्ने प्रमुख आयुक्त यादवको भनाई थियो ।