रुकुममा कांग्रेस–माओवादी झडप, प्रहरीद्वारा दुई राउण्ड हवाई फायर
रुकुमको सानोभरी गाउँपालिकामा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ ।
नेपाली कांग्रेसको तर्फबाट सानोभेरी गाउँपालिका अध्यक्षका उम्मेदवार गोरखप्रसाद चन्दको चुनावी अभियानलाई माओवादी कार्यकर्ताले अवरोध गर्न खोज्दा झडप भएको हो ।
कांग्रेसको सानोभरी गाउँपालिका वडा नं १ पुर्तिङडाँडाको पूर्वनिर्धारित कार्यक्रमलाई माओवादी कार्यकर्ताले अवरोध गर्न खाजेपछि झडप भएको रुकुम प्रहरीले जानकारी दिएको छ ।
झडपले उग्र रुप लिन थालेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ । स्थिती अझै सामान्य हुन सकेको छैन् । माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई घेराबन्दीमा राखेको र सुरक्षाको लागि चौरजहारीबाट थप प्रहरी घटनास्थल जाँदै गरेको रुकुम जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लक्ष्मण केसी, रुकुम