कुलमानले भने, ‘चाहेको भए २ घण्टा लोडसेडिङ् गरेरै करोडौं कमाउँथे’
एलईडी बल्ब खरिदमा अनियमितताको आरोप लागेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आरोपको खण्डन गरेका छन् ।
उत्पादित विजुली र लोडसेडिङको व्यवस्थापनले मात्र अहिलेको माग सम्बोधन नभएको बताउँदै घिसिङले विद्युतको माग व्यवस्थापन गर्न एलईडी बल्ब खरिद गर्न लागेको बताएका हुन् ।
विद्युत प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर घिसिङ्ले भने– “मैंले अनियमितता गर्न चाहेको भए २ घण्टा लोडसेडिङ् गरेरै करोडौं कमाउन सक्थे ।”
एलईडी खरिदमा ब्यापक अनियमितता भएको समाचारहरु निराधार भएको भन्दै कार्यकारी निर्देशक घिसिङले एलईडी बल्ब किन्दा नेपाललाई ५ अर्ब रुपैयाँ फाइदा हुने बताए । उनले भने– “९ वाटको बल्ब भारु ६५ मा खरिद गर्न लागिएको छ । उक्त बल्ब सम्पूर्ण करसमेत जोडेर ग्राहकले १ सय ३५ देखि १ सय ४० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।”