सरकारमा तीन राज्यमन्त्री थपिँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार तीन नयाँ राज्यमन्त्रीसहित विस्तार हुँदैछ ।
सरकारमा आज नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट तीनजना राज्यमन्त्री थपिन लागेका हुन् ।
नवनियुक्त राज्यमन्त्रीको ५ः३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सपथ ग्रहणको कार्यक्रम तय भएको फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले जानकारी दिए ।
हिजो, २५ वैशाखमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसहित तीन मन्त्रीले सपथ लिएका थिए ।
आज थपिएका तीन राज्यमन्त्री सहित दाहाल नेतृत्वको मन्त्रिपरिषद् ४६ सदस्यीय पुगेको छ ।