नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारसहित तीन नवनियुक्त मन्त्रीले २५ वैशाखमा सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्तीलगायत उच्च सरकारी अधिकारीको उपस्थिति थियो ।