महाभियोग संसदको विशेषाधिकारः सभामुख घर्ती
सभामुख ओनसरी घर्तीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोगको प्रस्ताव कसरी अघि बढाउने भन्ने विषय संसदको आन्तरिक मामिला र विशेषाधिकार भएको बताएकी छन् ।
२४ वैशाखमा संसद स्थगित भएपछि आयोजित पत्रकार सम्मेलनमा लिखित वक्तव्य पढ्दै उनले राज्यका तीन वटै निकाय– न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका आ–आफ्नै सीमाभित्र वस्नु पर्ने बताइन् ।
राज्यका निकायहरुको टकरावले आसन्न निर्वाचन र लोकतन्त्रमाथि प्रतिकुल असर पर्ने भन्दै उनले सबै निकाय र पदाधिकारीहरुले आ–आफ्नो भूमिकामा आत्मसमिक्षा गर्न र धैर्य एवम संयमतापूर्वक निकाश निकाल्न आवश्यक रहेको सभामुख घर्तीले उल्लेख गरेकी छन् ।