आठराईमा जीप दुर्घट्ना, ११ जना घाइते
तेह्रथुमको आठराई, चुहानडाँडामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन ।
आइतवार विहान ८ बजे संक्रान्तीबाट फिदिमतर्फ आउँदै गरेको को १ ज २३८५ नम्बरको जीप (ट्याक्सी) साविक चुहानडाँडा– ७ कात्तिके गोलाई नजिकै दुर्घटना भएको हो ।
घाइतेमध्ये चुहानडाँडा– २ का गीता कट्टेल, तुलसा कट्टेल र जमुना कट्टेलको अवस्था गम्भीर रहेकाले विर्तामोडतर्र्फ पठाइएको पाँचथर अस्पतालले जनाएको छ ।
दुर्घट्नामा फिदिम ४ की बिमला विष्ट, दिप्सन रोक्का, संक्रान्ती–४ की तुलसा बास्कोटा, सशीला न्यौपाने, रमा गौतम, चक्र इङनाम र रुपमा इङनाम घाइते भएका छन ।
उनीहरुको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।
चाकक भने फरार रहेको इलाकाम प्रहरी कार्यालय चुहाँनडाँडाले जनाएको छ ।
घाइते मध्येकी रमा गौतमका अनुसार पानी परेर चिप्लो भएको सडकमा चालकले मोवाइल फोनमा गफ गर्दै गाडी चलाँउदा दुर्घट्ना भएको थियो ।
लक्ष्मी गौतम, पाँचथर