संसद् बैठक स्थगित, अब चुनावपछि बस्ने
व्यवस्थापिका संसद्को आजको बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने भनिएको बैठक संसद् सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो ।
व्यवस्थापिका संसद्को अर्को बैठक आगामी ४ जेठमा अर्थात् पहिलो चरणको चुनाव सम्पन्न भएपछि बस्ने भएको छ ।