तार व्यवस्थापन गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाले प्रदूषण नियन्त्रणका लागि बिजुलीका खम्बामा जथाभाबी टाँगिएका तार व्यवस्थापनको काम शुरु गरेको छ ।
अहिलेसम्म त्रिपुरेश्वर, कमलादी र कमलपोखरीका खम्बाका अव्यवस्थित र भुइँमा छाडिएका तार व्यवस्थापन शुरु गरिएको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार तार व्यवस्थापनका क्रममा अहिलेसम्म महानगरपालिकाले १५ ट्रक अव्यवस्थित तार निकालेर टेकुमा सङ्कलन गरिसकेको छ ।
यसरी जथाभाबी तार छरिएर रहँदा सहर कुरुप हुनाका साथै आगलागीको समस्यासमेत उत्पन्न हुने हुँदा महानगरपालिकाले यस्तो अभियान शुरु गरेको हो । व्यवस्थापनकै क्रममा महानगर प्रतिनिधिले अव्यिवस्थित रुपमा तार टाँग्ने इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु र वल्र्ड लिंकलाई कारबाहीसमेत गरेको छ ।
ती कम्पनीलाई कारबाहीस्वरुप रु २०÷२० हजार जरिवाना गरिएकोे छ । जथाभाबी रुपमा सडकलाई कुरुप बनाउन खोज्ने अन्यलाई पनि महानगरले कारवाही गर्ने चेतावनी दिएको छ ।
पछिल्लो समय महानगरले नमिलेको तार मिलाउने, अनावश्यक तार काट्ने र फाल्ने तथा सडकमा रहेको धुलो पानीले पखाल्नेजस्ता कार्यलाई तीव्र रुपमा अघि बढाएको छ । रासस