पहिलो चरणको निर्वाचनमा करिब ५० हजार उम्मेदवार
३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा ४९ हजार ७५४ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा १३ हजार ५५६ पदका लागि ३१ वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले आज सार्वजनिक गरेको सूची अनुसार सबैभन्दा बढी काठमाडौँ महानगरपालिकामा ८८७ र सबैभन्दा कम मनाङको नारफु गाउँपालिकामा २३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा ८६५, चितवनको भरतपुर नगरपालिकामा ७०० र ललितपुर महानगरपालिकामा ६३८ जनाको उम्मेदवारी परेको छ ।
आयोगका अनुसार नगर/गाउँपालिका अध्यक्ष तथा प्रमुखमा १९४३, नगर/गाउँपालिका उपाध्यक्ष तथा उपप्रमुखमा १४४५, वडा अध्यक्षमा १० हजार ९६०, दुई जना वडा सदस्यमा १८ हजार ६८४, महिला वडा सदस्यमा ९ हजार १३९ र दलित महिला वडा सदस्यमा ७ हजार ५८३ जनाको उम्मेदवारी परेको छ ।