नेबिको प्रालिको नयाँ बिष्कुट बजारमा
नेबिको प्रालिले आफ्नो नयाँ उत्पादन बजारमा ल्याएको छ ।
नुनिलो र गुलियो स्वादमा क्रुम–क्रुम बिष्कुट बजारमा ल्याएको कम्पनीले जनाएको हो ।
बिष्कुटको मूल्य १० रुपैंया तोकिएको कम्पनीले जनाएको छ ।
बिष्कुट सबै उमेर समूहका ग्राहकलाई मनपर्ने स्वादमा रहेको कम्पनीले दाबी गरेको छ ।
नेबिको प्रालिका ब्राण्ड म्यानेजर अरुण पौडेलले क्रुम–क्रुम बिष्कुट सुपथ मूल्यमा गुणस्तरीयताको उदाहरण भएको बताए ।