प्रधानन्यायाधीश कार्कीमाथिको महाभियोग अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश
प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको संसदमा दर्ता महाभियोगको प्रस्ताव अघि नबढाउन र कार्कीलाई यथावत रुपमा आफ्नो काम गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
आज न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले दिएको आदेशमा भनिएको छ, “सुविधा सन्तुलनको आधारमा यो निवेदनको टुंगो नलागेसम्म व्यवस्थापिका संसदको सचिवलायमा दर्ता भएको मिति २०७४–१–१७ को महाभियोगको प्रस्ताव र व्यवस्थापिका संसदको महासचिवले जारी ग्रेको मिति २०७४–१–१७ को पत्र समेत यथास्थितिमा राख्नु साथै सम्माननीय प्रधानन्यायाधीश श्री सुशीला कार्कीलाई यथावत रुपमा आजै आफ्नो पदमा काम गर्न दिनु दिलाउनु भनी विपक्षीहरुको नाउँमा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४१ (१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।”
प्रधानन्यायाधीश कार्कीविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २४९ जना सांसदले गत आइतबार महाभियोग प्रस्ताव दर्ता गराएका थिए।