संसद् बैठक स्थगित
व्यवस्थापिका संसद्को आजको बैठक स्थगित भएको छ ।
व्यवस्थापिका संसद् सचिवालयले सूचना टाँसेर भोलि, २२ वैशाखसम्मका लागि बैठक स्थगित गरेको होे ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता नलिए बैठक अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।
बैठक भोलि ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।