जानकी नवमीको अवसरमा शिवम् सिमेन्टको सरसफाई कार्यक्रम
शिवम् सिमेन्ट लिमिटेडले नेपाल ट्रेड सेन्टरको सहयोगमा आज जानकी नवमीको अवसरमा जनकपुरधाम स्थित प्रसिद्ध जानकी मन्दिरको परिसर सरसफाई गरेको छ ।
शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत “सरसफाईको मामलामा नो कम्प्रोमाइज” भन्ने नारा सहित जानकी मन्दिर परिसर सफाई गरेको हो ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिवम् सिमेन्टले समय–समयमा सडक निर्माण, खानेपानी व्यवस्थापन, विद्यालय सञ्चालनमा सहयोग, स्वास्थ्य सञ्चालनमा सहयोग, वातावरण व्यस्थापनलगायत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।