डिभाइन वाइनका डिलर युरोप र एशिया भ्रमणमा
महाकाली वाइन प्रालिको उत्पादन डिभाइन वाइनले आफ्ना डिलरहरुलाई युरोप र एशिया भ्रमणमा लिने भएको छ ।
कम्पनीले राखेको बिक्रीको लक्ष्यलाई पुरा गर्ने विभिन्न ४० डिलरका प्रतिनिधिलाई सम्मान गरेको छ । सम्मानित हुने प्रतिनिधिलाई डिभाइन वाइनले विभिन्न देशको भ्रमणमासमेत लिने भएको छ ।
जसमध्ये २५ जना डिलर प्रतिनिधिलाई युरोप र १५ जनालाई एशिया भ्रमणमा लगिने कम्पनीले जनाएको छ ।
महाकाली वाइनले डिभाइन वाइन रेड, डिभाइन वाइन ह्वाइट र डिभाइन हनी उत्पादन गर्दै आएको छ ।