महाभियोग प्रस्ताव फिर्ता लेऊः पेसागत महासंघ
पेसागत महासंघ नेपालले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव फिर्ता लिई न्यायिक सर्वोच्चताको सम्मान गर्न संवन्धित राजनीतिक दलहरुसँग आग्रह गरेको छ ।
महासंघका महासचिव विष्णु लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“...ठूला भ्रष्टाचार काण्डको फैसला हुने तिथि तोकिएको र प्रधान न्यायाधीशको अवकास हुने समय एक महिना मात्र वाँकी रहेको अवस्थामा महाअभियोगको प्रस्ताव आउनुले प्रस्तावक राजनीतिक दलहरुको निष्ठामा समेत गम्भीर प्रश्न खडा भएको छ ।”
महाभियोग प्रस्तावले स्वतन्त्र न्यायपालिका माथि समेत गम्भीर चुनौती खडा भएको महासंघले बताएको छ ।
यसरी महाभियोग लगाउने परम्परा बस्न गएमा आगामी दिनमा न्यायपालिकाको स्वतन्त्रता, र निष्पक्षता माथि प्रहार भई रहने र गलत नजीर बस्न गई असफल राष्ट्र हुन सक्ने खतरातर्फ समेत महासंघले सचेत गराएको छ ।