नयाँ दिल्लीमा नेपालको आर्थिक सम्बन्धबारे कार्यक्रम हुने
नेपालसँग कुटनीतिक सम्बन्ध भएका देशहरुसँग आर्थिक सम्बन्ध थप मजबुत बनाउन नयाँ दिल्लीमा एक कार्यक्रमको आयोजना हुने भएको छ ।
नेपाल सरकार परराष्ट्र मन्त्रालय, दिल्ली स्थिती नेपाली राजदूतावास, आइएसएसआर र पावेलियन ग्रुपको सहकार्यमा “द्विपक्षीय आर्थिक सम्बन्ध” विषयक कार्यक्रम हुने भएको हाे ।
नेपालमा लगानीको वातावरण, सार्वजनिक निजी साझेदारी, लगानी जोखिमको ग्यारेन्टीलगायतका विषयमा कार्यक्रममा छलफल हुने जनाइएको छ ।
कार्यक्रममा नयाँ दिल्लीबाट नेपाल हेर्ने सबै देशका गैरआवासीय राजदूतहरुको सहभागिता रहने आइएसएसआरले जनाएको छ ।
२२ देखि २३ वैशाखसम्म आयोजना हुने कार्यक्रम परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गर्नेछन् ।