पूर्वमन्त्री खपाङ्गीको निधन
पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको शनिबार राति १२ बजे उपचारका क्रममा न्युरो अस्पताल बाँसबारीमा निधन भएको छ ।
२०७० वैशाख १२ गते मोटरसाइकलले हानेर बिरामी भएदेखि खपाङ्गी बिरामी थिए । त्यसबेला एक वर्ष अस्पतालमा उपचार गरी उनी घर फर्किएका थिए । शनिबार राति उनको श्वासप्रश्वासमा समस्या भएपछि १०:१५ बजे अस्पताल पुर्याइएकामा १२ बजे चिकित्सकले मृत घोषणा गरेको उनका ज्वाइँ चन्द्रबहादुर थापा मगरले जानकारी दिए ।
१९ असोज २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विघटन गरी लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीत्वमा गठन गरेको सरकारमा उनी महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएका थिए ।
खपाङ्गी राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव र नेपाल मगर सङ्घको संस्थापक अध्यक्षसमेत थिए ।