एनसेलको सापटी सेवा अब निःशुल्क
एनसेलका प्रिपेड ग्राहकले अब निःशुल्क सापटी लिन सक्नेछन् ।
एनसेलले सार्वजनिक गरेको नयाँ योजना अन्तर्गत सबै प्रिपेड ग्राहकले ब्यालेन्स रु ५ वा सोभन्दा कम भएमा ३० रुपैंया सापटी लिन सक्नेछन् ।
यो योजना १८ वैशाखदेखि लागु भएको छ । यो सेवा उपयोग गर्नको लागि एनसेल सिम प्रयोग गरेको दुई महिना पुगेको हुनुपर्नेछ । सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिनेछ र प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवा प्रयोग गर्न सक्नेछन् ।
एस्ट्रिक्स ९९८८ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार प्रिपेड ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । सापटी लिइएको रकम ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइने एनसेलले जनाएको छ ।
एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आएको छ ।