फ्रेन्ड्स सर्भिसका अध्यक्ष थापा सहायता हिरो २०१७ घोषित
फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालका अध्यक्ष सूर्यबहादुर थापालाई अन्तर्राष्ट्रिय मानवीय सहायता हिरो घोषणा गर्दै मानवीय सहायता पुरस्कार २०१७ प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डीसीए डेनमार्कमार्फत हरेक वर्ष प्रदान गरिदै आएको अन्तर्राष्ट्रियक मानवीय सहायता पुरस्कार २०१७ यस वर्ष मानवीय सहायताको क्षेत्रमा अतुलनिय योगदान प्रदान गरे बापत थापालाई दिएको हो ।
डेनमार्कको राजधानी कोपनहेगनमा एक समारोहकाबीच डीसीए हेडक्वाटरका महासचिव ब्रीगिट कुभिष्ट सरेन्सेनले थापालाई पुरस्कार प्रदान गरेका छन् ।
डीसीए डेनमार्कले आफ्नो कार्यालय रहेका ४० देशबाट सिफारिस गरिएका मध्ये सूर्यबहादुर थापालाई छानेको हो ।
थापाको नेतृत्वमा फ्रेन्ड्स सर्भिसले डीसीए र वल्र्ड जिविस रिलिफसगँको साझेदारीमा खानेपानी, सरसफाई, विपद् जोखिम न्यूनीकरण, मनोसामाजिक परामर्श, सुरक्षित आवासका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।