महाअभियोग प्रस्ताव फिर्ता लिन ग्लोबल पोलिसी फोरमको आग्रह
ग्लोबल पोलिसी फोरम फर नेपालले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ ।
ग्लोबल पोलिसी फोरम फर नेपालले प्रेस विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाअभियोग अलोकतान्त्रिक र गैरसंवैधानिक भएकोले तत्काल फिर्ता हुनुपर्ने माग गरेको हो ।
ग्लोबल पोलिसी फोरम फर नेपालले प्रधानन्यायाधीशले गरेको काम चित्त नबुझे सरकारले संसद्मा विधेयक पारित गरि कानून बनाउन सक्ने संवैधानिक बाटो हुँदाहुँदै अलोकतान्त्रिक बाटो अपनाएर महाअभियोग लगाउनु लोकतान्त्रिक विधि र पद्धती विरुद्ध भएको बताएको छ । त्यस्तै स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा कार्यपालिका र न्यायपालिकाबीच सिर्जना गरिएको कृत्रिम विवादले मुलुक थप संकटमा पर्न सक्ने भन्दै फोरम फर नेपालले स्वतन्त्र न्यायपालिकामा कसैले हस्तक्षेप गर्न नहुने उल्लेख गरेको छ ।