कला/साहित्यसोमवार, बैशाख १८, २०७४

अमेरिकामा ‘नेपाल डे परेड’ हुने

हिमालखबर

अमेरिकाको न्यूयोर्क, म्यानहटनमा ७ जेठ (२१ मे)मा नेपालको बहुसाँस्कृतिक झाँकी प्रदर्शन गरिने भएको छ ।

बिभिन्न संघ संस्थाहरुको आयोजनामा ‘नेपाल डे परेड’ नाम दिएर कार्यक्रम आयोजना हुन लागेको हो ।

नेपाल डे परेडका संयोजक मंगलदास श्रेष्ठले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका बारेमा जानकारी दिएका छन् ।

उनका अनुसार सो कार्यक्रममा न्यूयोर्कका मेयर बिल द ब्लाजियो प्रमुख अतिथि रहनेछन् ।

नेपाली महाबाणिज्यदूतावासको सहयोगमा आयोजना हुने कार्यक्रममा नेपालको पहिचान झल्कने वहुसाँस्कृतिक झाँकी हित मौलिक नाचगान प्रदर्शनी गरिनेछ ।

म्यानहटनको मेडिसन एभिन्यूमा हुने कार्यक्रमले नेपालको सांस्कृतिक विविधता चिनाउन सहयोग पुग्ने जनाएको छ ।

आयोजक समितिका सदस्य संस्था आदिवासी जानजाती महासंघ, अमेरिकाका अध्यक्ष लुईसाङ वाईबाले गतवर्ष झै यो वर्ष पछि कार्यक्रम गर्न लागिएको बताए ।
–ङिमा पाख्रीन, अमेरिका

प्रतिकृया दिनुहोस