आर्मीलाई विशाल गोल्डकपको उपाधि
त्रिभूवन आर्मी क्लबले वीरगञ्जमा सञ्चालित प्रथम विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताकोे उपाधी जितेको छ ।
नारायणी रंगशालामा १६ वैशाखमा भएको फाईनल खेलमा आर्मीले सिएमजी संकटालाई २–० गोलले पराजित गरेको हो । आर्मीका जर्ज प्रिन्स कार्कीले दुई गोल गरेका थिए । जितसँगै आर्मीले नगद रु.५ लाख पाएको छ भने संकटाले नगद रु.दुई लाख ५० हजार पाएको छ ।
संकटाका राज पौडेल प्रतियागिताका सर्वोत्कृष्ट खेलाडी भए । उनले सुजीकी मोटरसाइकल पुरस्कार पाएका छन् ।
त्यस्तै बेष्ट स्ट्राईकर आर्मीका जर्ज प्रिन्स कार्की, वेष्ट गोल किपर आर्मीका विकेश कुथु, वेष्ट मिड फिल्डर संकटाका कप्तान विक्रम लामा, वेष्ट डिफेन्स संकटाकै पिटर सेगुन, वेष्ट कोच आर्मीका नविन न्यौपाने घोषित भए । उनीहरुलाई नगद रु.१०/१० हजार पुरस्कार प्रदान गरियो । त्यस्तै फाईनल खेलको म्यान अफ दि म्याच जर्ज प्रिन्स कार्की भए ।
–सुरेश बिडारी, वीरगञ्ज