शंकर ग्रुपद्वारा राइनो स्टिलको उत्पादन शुरु
शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिल्सले नेपाली बजारमा एफइ ५०० डी ग्रेडमा राइनो स्टिलको उत्पादन शुरु गरेको छ ।
नयाँ उत्पादन राइनो स्टिलको सम्बन्धमा प्राविधिक जानकारी प्रदान गर्न कम्पनीले उपभोक्ताहरुका लागि टेक्निकल मिटको आयोजनासमेत गरेको छ ।
टेक्निकल मिटमा बोल्दै जगदम्बा स्टिल्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले उत्पादन प्रक्रिया, भौतिक तथा रसायनिक गुणको सम्मिश्रणलगायतका कारणले छड मजबुत र लचकता भएको दाबी गरे ।
कम्पनीका अनुसार राइनो ५०० डी उच्च लचकता भएको कारणले भूकम्प प्रतिरोधी रहेको छ । राइनो ५०० डी ८ एमएमदेखि ४० एमएम सम्मको साइजमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।