संसद बैठक २१ गतेसम्मका लागि स्थगित
व्यवस्थापिका संसदको बैठक २१ वैशाखसम्मका लागि स्थगित भएको छ ।
बैठक स्थगित भएसँगै स्थानीयतह निर्वाचनका लागि उम्मेदवारी दर्ता हुनुअघि संविधान संशोधनको सम्भावना पनि टरेको छ ।
आज बसेको संसद बैठक नेपाली कांग्रेसका पूर्व सांसद नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गरेपछि २१ वैशाखसम्मका लागि स्थगित भएको हो ।
दनुवारको १० वैशाखमा ८८ वर्षको उमेरमा निधन भएको थियो ।