बियर उद्योगमा आगलागी
रुपन्देहीको सुद्धोदन गाउँपालिका ४ मैनहियामो वियर उत्पादक कम्पनी टाइगर ब्रुअरी इन्डष्ट्रिज प्रालिमा आगलागी भएको छ ।
१४ वैशाख विहान भएको आगलागीबाट रु.पाँच करोड क्षति भएको कम्पनीले जनाएको छ । आगोलाई बुटवल प्रहरी र बुटवल उपमहानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले बताए ।
बिहान ९ बजे लागेको आगो दिउसो १२ बजे नियन्त्रणमा आएको थियो । जेनेरेटर सट भएर आगलागी भएको जनाईएको छ ।
-दीपक ज्ञवाली, बुटबल