कला/साहित्यबुधवार, बैशाख १३, २०७४

भीष्म उप्रेतीको ‘पाइला पाइला’ बजारमा

हिमालखबर

कवि तथा निबन्धकार भीष्म उप्रेतीको पहिलो औपन्यासिक कृति ‘पाइला पाइला’ बजारमा आएको छ ।

क्रियटिभ बुक्सले प्रकाशन गरेको उप्रेतीको उपन्यास ‘पाइला पाइला’मा नेपालगञ्ज र मध्यपश्चिमका विभिन्न तह, समुदाय, संस्कृति र धर्मका मानिसहरूले भोगेका विभिन्न तहका विषयवस्तुलाई समेटिएको छ ।

आफ्नो नेपालगञ्ज बसाइको क्रममा देखेका, भोगेका र अनुभूति गरेका मानवीय संवेदना एवं सामाजिक, आर्थिक एवं मनोवैज्ञानिक पक्षलाई उपन्यासमा चित्रण गरेको कुरा उप्रेतीले जानकारी गराएका छन् । समाजमा आ–आफ्ना ठाउँमा सबै जना नायकहरू छन् । त्यसैले सिमान्तकृतदेखि सम्भ्रान्त वर्गसम्म सबैको कथालाई पठनीय किसिमले उपन्यासमा अटाउने कोशिश गरिएको उप्रेतीले जानकारी गराए । उपन्यास लेखनको परम्परागत ढाँचाभन्दा नयाँ शैली प्रयोग गरिएकाले पुस्तक पाठकलाई रुचिकर लाग्ने लेखकको भनाइ छ ।

उप्रेतीका यसअघि कविता, निबन्ध र नियात्रा गरी १६ वटा पुस्तक प्रकाशित छन् ।

प्रतिकृया दिनुहोस