नेपाल बङ्गलादेश बैङ्कको तातोपानी शाखा स्थानान्तरण
नेपाल बङ्गलादेश बैङ्क लिमिटेडले तातोपानीको लिपिङ्गमा सञ्चालित शाखा बाह्रबिसेमा स्थानान्तरण गरेको छ ।
१२ वैशाख २०७२ को भुकम्पका कारण क्षतिग्रस्त तातोपानीको लिपिङ्ग बजार सञ्चालनमा आउन नसक्दा शाखा स्थानान्तरण गरिएको हो ।
बैङ्कका सञ्चालक अरुण श्रेष्ठ र दीपक कार्की तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलकुमार श्रेष्ठले स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
नेपाल बङ्गलादेश बैङ्कले ४४ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैङ्किङ्ग तथा ४१ एटीएम मार्फत सेवा प्रवाह गर्दै आइरहेको छ ।