बस र स्कार्पियो ठोकिँदा दुईजनाको मृत्यु
जनकपुर–ढल्केवर सडकखण्डको मुजेलियामा १२ वैशाख दिउसो बस र स्कार्पियो एक–आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ ।
जनकपुरबाट जाँदै गरेको ना.२ ख. ५२३६ नम्बरको शुभतारा यातायातको बस र बा. १५ च. १७५० नम्बरको स्कार्पियो जीप दिउसो एक–आपसमा ठोकिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा सर्लाहीको हरिवन–९ का ५० वर्षीय उमेशकुमार कर्ण र घुर्कौली, सर्लाहीका स्कार्पियो चालक भुलबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । दुर्घटनामा घाईते भएका पाँचजनाको अञ्चल अस्पताल, जनकपुरमा उपचार भइरहेको छ ।
बस र स्कार्पियो तीव्र गतिमा रहेकोले दुर्घटना भएको प्रहरीले जनाएको छ ।
–ईश्वरचन्द्र झा, जनकपर