एमालेद्वारा संसद वैकठ अवरुद्ध
नेकपा (एमाले)ले सरकार स्थातीय तहको संख्या बढाउन खोजेको जनाउदै व्यवस्थापिका संसद बैठक अबरुद्ध गरेको छ ।
स्थानीय तह निर्धारण आयोगले दिएको प्रतिवेदन विपरित सरकारले स्थानीय तहको संख्या बढाउन खोजेको एमालेको आरोप छ । विशेष समय लिएर बोल्दै एमाले सांसद गंगाधर तुलाधरले स्थानीय तह निर्धारण आयोगको प्रतिवेदनलाई खण्डित हुने गरी स्थानीय तहको संख्या थप्न खोजेको बताए ।
उनले बोलिसके लगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख ओनसरी घर्ती मगरले पटक पटक बस्न आग्रह गर्दा पनि एमाले सांसदहरुले विरोध जारी राखेपछि १५ मिनेटका लागि संसद वैठक स्थगित गरिएको छ ।