डीआईजी सिलवाल अस्पताल भर्ना
प्रहरी नायव महानिरीक्षक नवराज सिलवाल अस्पताल भर्ना भएका छन् । प्रहरी नियन्त्रणबाट छुटे लगत्तै डीआईजी सिलवाल ११ वैशाख साँझ बी एन्ड बी अस्पताल, ग्वार्कोमा भर्ना भएका हुन ।
अस्पताल स्रोतका अनुसार डीआईजी सिलवाल आकस्मिक कक्षमा भर्ना भएका छन् ।
११ विहान प्रहरीले नियन्त्रणमा लिएका डीआईजी सिलवाललाई साँझ मात्रै छोडेको थियो । उनलाई गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन परेपछि सर्वोच्च अदालतले आजै थुनामुक्त गर्न आदेश दिएको थियो ।
प्रहरी प्रधान कार्यालयले भने उनलाई सोधपुछका लागि बोलाएको जनाएको छ ।