मिट्रयाङ् भिनियार्डका दुई वाइन सार्वजनिक
मिट्रयाङ् भिनियार्डका दुई वाइन सार्वजनिक गरिएको छ ।
आज राजधानीमा आयोजित एक समारोहकाबीच आरुबखडा र नास्पतिको फलबाट तयार पारिएका दुई अग्र्यानिक वाइन सावजनिक गरिएको हो ।
स्थानीय स्तरमा उत्पादन भएका फलफुलको सदुपयोगको लागि मकावानपुरको पालुङ्मा फ्याक्ट्री राखिएको उत्पादक कम्पनी मिट्रयाङ् भिनियार्डले जनाएको छ ।
दुवै वाइनमा १० प्रतिशत अल्कोहल रहेको र कुनै पनि प्रकारको रसायन प्रयोग नगरिएको कम्पनीले दाबी गरेको छ । आइआरए पल्म र आइआरए पियर्स दुवै वाइन देशभर उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।