काँग्रेसले भोली चुनावी घोषणापत्र सार्वजनिक गर्ने
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि १२ वैशाखमा घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय, विपिनगर, ललितपुरमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको काँग्रेस मूख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
१२ वैशाख दिउसो ३ बजे घोषणापत्र सार्वजनिक गरेसँगै काँग्रेसले औपचारिक रुपमा स्थानीय तह निर्वाचन प्रचारको सुरुवात गर्ने जनाएको छ ।