डीआईजी सिलवाललाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवाललाई आजै थुनामुक्त गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीको ११ वैशाखको एकल इजलासले डीआईजी सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतका रजिष्ट्रारको रोहबरमा डीआईजी सिलवालका कानुन व्यवसायीको जिम्मा लगाउन आदेश दिएको उनको पक्षबाट वहस गरेका अधिवक्ता टीकाराम भट्टराईले बताए ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि अधिवक्ता पूर्णप्रसाद राजवंशीले गैरन्यायीक हिरासतमा राखेको जनाउदै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
डीआईजी सिलवाललाई प्रहरीले ११ वैशाख विहान वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेको बेलामा नियन्त्रणमा लिएको थियो ।