त्रिशुलीमा बस खस्यो, कम्तिमा २० को मृत्यु
गौरबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस नारायणगढ–मुग्लिन सडकको चण्डिभञ्ज्याङ–६ मा त्रिशुली नदीमा खस्दा कम्तिमा २० जनाको ज्यान गएको छ ।
चितवन प्रहरीले दिएको जानकारी अनुसार ग १ ख ३७०९ नम्बरको रौतहटको गौरबाट छुटेको बस सडकबाट २ सय मिटर तल त्रिशुली नदीमा राति करिब साढे तीन बजे खसेको हो ।
दुर्घटनामा परी घाइते भएका १७ जनालाई चितवनका विभिन्न अस्पतालमा पठाइएको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित उक्त बसमा अधिकांश यात्रु आँबु खैरेनी दमौली, खैरेनीटार र पोखरा क्षेत्रका यात्रु रहेको समितिका महासचिव योगेन्द्र केसीले जानकारी दिए ।