दोस्रो चरणको निर्वाचन बजेट अघि हुनुपर्छ: एमाले
नेकपा (एमाले)ले मधेशी मोर्चा चुनावमा सहभागि हुने ग्यारेन्टी भए र बजेट अघि निर्वाचन गरिए मात्रै दुई चरणको निर्वाचनमा सहमत हुने जनाएको छ ।
११ वैशाखमा एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी समिति बैठकले मधेशी मोर्चाको सहभागिताको ग्यारेन्टी र बजेट अघि दोस्रो चरणको निर्वाचन भए लचिलो हुने निर्णय गरेको हो ।
त्यस्तै सरकारले पेश गर्ने संविधान संशोधनको विधेयक पनि असफल पार्ने एमालेले निर्णय गरेको छ । संसदको वैठक भने अवरुद्ध नगर्ने एमालेले जनाएको छ ।
सबै दलहरुले चुनावमा भाग लिने वातावरण बनाए र बजेट अघि दोस्रो चरणको निर्वाचन गर्ने भए सरकारसँग छलफल गर्न एमाले तयार रहेको प्रचार विभाग प्रमुख योगश भट्टराईले बताए । मधेशी मोर्चालाई देखाएर सरकारले चुनाव टार्न खोजेको भट्टराईको आरोप छ ।