डीआईजी सिलवालको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आजै सुनुवाइ
प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालको रिहाइको माग गरी सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आजै सुनुवाइ हुने भएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासमा ११ वैशाखमा पेशी तोकिएको छ ।
डीआईजीको कार्यसम्पदान मूल्याङ्कन कीर्ते गरेको आरोपमा नेपाल प्रहरीले डीआईजी सिलवालमाथि छानविन गरिरहेको थियो । छानविनका क्रममा डीआईजी सिलवाललाई ११ वैशाख विहान वरिष्ठ अधिवक्ता शम्भु थापाको घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि पूर्णप्रसाद राजवंशीले डीआईजी सिलवाललाई गैर न्यायीक थुनामा राखिएको भन्दै ११ वैशाख विहान नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
उनले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रहरी महानिरीक्षक लगायतका विरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन ।
सो निवेदनमाथि ११ वैशाखमै पेशी तोकिएको छ ।
प्रध्यानन्यायाधीश कार्कीको एकल इजलासमा आजै सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्च अदालतको पेशी सूची