आगलागीमा तीन बालबालिकाको मृत्यु
बाँकेको डुडुवा गाउँपालिका–१ होलियामा १० वैशाख मध्यरातमा आगलागी हुँदा एकैघरका तीन बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १० वर्षीया राधना मुराऊ, ८ वर्षीया सोना मुराऊ र ६ वर्षीय पवन मुराऊ रहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
उनीहरु बाजे रामदुलारे मुराऊको घरमा सुतिरहेका थिए । अनुहार समेत नचिनिने गरी जलेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षण बिरबहादुर थापाले जानकारी दिए ।
आगलागीबाट ६ घर र २ गोठ जलेका छन् । मध्यरातमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले निभाएका थिए ।
आगलागीको कारण भने अझैं खुल्न सकेको छैन । १० बैशाख राती हावाहुरी चलेको थियो ।
-केवश राना, बाँके