घाइतेको उपचार नगर्ने मणिपाल अस्पतालसँग स्पष्टीकरण माग
नेपाल मेडिकल काउन्सिलले दुर्घटनामा परेका बिरामीको उपचार नगर्ने डाक्टरको बारेमा मणिपाल कलेज अफ मेडिकल साइसेन्जसँग स्पष्टीकरण मागेको छ ।
काउन्सिलले १० बैशाखमा मणिपाल कलेजका नाममा पत्र पठाएर घाइतेको उपचार गर्न अस्विकार गरेको समयमा अस्पतालको इर्मजेन्सीमा खटिएका इन्चार्ज र चिकित्सकहरुको विवरण मागेको हो ।
काउन्सिलका निमित्त रजिष्टार डा. अंकुर शाहद्वारा हस्ताक्षरित पत्रमा विरामीलाई उपचार नगरिएको घटनाका सम्बन्धमा कलेजको सत्यतथ्य धारणा मागिएको छ । “निजहरुको नाम, नामेशी प्रष्ट खुल्नेगरी काउन्सिल दर्ता नम्बर समेत उल्लेख गरी तुरुन्त काउन्सिलमा उपब्ध गराईदिनुहुन निर्देशानुसार अनुरोध गरिन्छ”, काउन्सिलद्वारा प्रेषित पत्रमा भनिएको छ ।
९ बैशाखमा तीर्थयात्री बोकेर मुक्तिनाथबाट मुस्ताङतर्फ आउँदै गरेको बस दुर्घटनामा परी घाईते भएकाहरुलाई मणिपाल अस्पतालका डाक्टरले आफ्नो आन्दोलन भएका कारण उपचार गर्न अस्वीकार गरेको विषय संञ्चार माध्यममार्फत बाहिर आएको थिए ।
रामु सापकोटा, हिमालखबर