मन्त्रिपरिषद निर्णयः दोस्रो चरणको निर्वाचन ३१ जेठमा
आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश नम्बर १, २, ५ र ७ मा ३१ जेठमा निर्वाचन गर्ने निर्णय गरेको छ ।
बाँकी प्रदेशहरु ३, ४ र ६ मा भने पूर्व घोषणा अनुसार ३१ वैशाखमै स्थानीय तहको निर्वाचन हुने सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
त्यसैगरी पहिलो चरण (३१ वैशाख) मा हुने निर्वाचनका लागि १६ वैशाखमा उम्मेदवारी मनोनयनको मिति तोकिएको भए पनि उक्त मिति पनि मिलेसम्म तीन दिनपछि सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने सरकारले निर्णय गरेको छ ।
मधेशकेन्द्रित दलहरुसँग ९ वैशाख साँझ भएको सहमति अनुसार यस्तो निर्णय गरिएको मन्त्री कार्कीले बताए ।