‘वारि जमुना, पारी जमुना’ का गायक खेमराज गुरुङको निधन
‘वारि जमुना, पारी जमुना’ गीतबाट चर्चित गायक खेमराज गुरुङको आज ९ भदौमा निधन भएको छ ।
कलेजोको रोगले ग्रस्त गायक गुरुङको चावहिलस्थित मेडिकेयर अस्पतालमा आज अपराह्न उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
संखुवासभामा जन्मेका गुरुङ गीत संगीतमा लामो समयदेखि सक्रिय थिए । उनले गाएको लोकभाकाको गीत ‘वारि जमुना, पारी जमुना’ निकै नै चर्चित भएको थियो ।
गुरुङले गाएका गीतहरुका एल्बम जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे र घुमफिर लगायत छन् ।