सरकार–मोर्चा सहमतिः निर्वाचन दुई चरणमा, मोर्चाले आन्दोलन फिर्ता लिने
सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ९ बैशाखमा बसेको बैठकमा दुई चरणमा निर्वाचन गर्ने सहमति भएको मोर्चाका नेता अनिलकुमार झाले हिमालखबरलाई जानकारी दिए ।
निर्वाचनको मितिको विषयमा सरकारले आयोगसँग परामर्श लिएर निर्णय गर्ने भएको छ । मोर्चाले घोषणा गरेको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति समेत भएको छ ।
निर्वाचनको मिति, संविधान संशोधन विधेयक, प्रदेश नम्बर दुईमा स्थानीय तहको संख्या बढाउने, आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने, थुनामा रहेकालाई रिहा गर्ने लगायतका विषय मन्त्रिपरिषद्बाट निर्णय आएपछि आफूहरू निर्वाचनको तयारीमा लाग्ने नेता झाले जानकारी दिए ।