निर्वाचन सार्न सकिँदैनः प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेकाले ३१ वैशाखको स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका छन् ।
उनले भने– “मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र, मतपेटिका र मसीलगायतका सामग्रीको व्यवस्थापन गरी ढुवानीसमेत शुरु भइसकेकाले यो अवस्थामा प्रतिकूल हुने निर्णय भएमा हामी सङ्कटमा पर्दछौँ, त्यसैले ३१ गतेको निर्वाचनको मिति सर्दैन, फेरबदल हुँदैन ।”
प्रमुख निर्वाचन आयुक्तले यादवले अगाडि भने– “निर्वाचन सम्पन्न नहुन्जेलसम्म हरेक दिन नयाँ समस्या आउँछन् त्यसलाई समाधान गर्ने क्षमता आयोगले राख्नुपर्दछ ।’’
“निर्वाचन सार्न सक्ने अधिकार सरकारको हो, राजनीतिक दलसँग सहमति भयो भने कति अवधिका लागि सार्ने, किन सार्ने, कुन विषयलाई लिएर सार्ने भन्ने विषयमा सरकार र आयोगबीच हालको अवस्थाको सम्पूर्णं मूल्याङकन गर्न आवश्यक रहन्छ” – प्रमुख निर्वाचन आयुक्त डा यादवले भने । रासस