मुस्ताङमा बस दुर्घटना, पाँच जनाको मृत्य, ३० घाइते
मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने तिर्थयात्री बोकेको बस कागबेनी नजिक दुर्घटना भएको छ ।
दुर्घटनामा परी पाँच जना यात्रुको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन ।
३६ जना यात्रु बोकेकाे ना ५ ख ६०६७ नम्बरको बस आज अपराह्न दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार घाइतेहरूको जिल्ला जनस्वास्थ्य कार्यालय जोमसोममा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई सेनाको हेलिकप्टर मार्फत पोखरा ल्याउने तयारी भइरहेको छ ।