अर्थ/बजारशनिवार, बैशाख ९, २०७४

ग्रीन डेभलपमेन्ट बैंकको शाखा पोखरामा

हिमालखबर

बाग्लुङ जिल्लामा प्रधान कार्यालय रही सेवा प्रवाह गरिरहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले ८ बैशाखदेखि पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि सिवाकोटीले शाखाको उद्घाटन गर्दै कृषि उत्पादनमा वृद्धि ल्याएर बढ्दो आयातको क्रमलाई न्यूनीकरण गर्दै निर्यात गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताए ।

कृषिको व्यावसायिक विकासमा सहयोग पुर्‍याउने लक्ष्यका साथ कृषिमा अधिकतम रु सात करोडसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको उल्लेख गर्दै सिवाकोटीले राष्ट्र बैंकको निर्देशनानुसार वित्तीय अनुशासन कायम गर्दै सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्न बैंक सञ्चालकलाई निर्देशन दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बैकुण्ठराज तिमल्सिनाले राष्ट्र बैंकको निर्देशनानुसार असार २०७४ भित्र बैंकको चुक्ता पुँजी रु ५० करोड पुर्‍याउन बैंक प्रतिबद्ध रहेको जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस