नयाँ शक्ति र समाजवादीबीच एकता गर्न समिति गठन
नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालबीच पार्टी एकता गर्न 'पार्टी एकता संयोजन समिति' गठन गरिएको छ ।
दुई पार्टी एकता गर्न डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई सम्मिलित तीन सदस्यीय एकता संयोजन समिति गठन गरिएको जनाएको छ । नयाँ शक्तिका अध्यक्ष डा.भट्टराई र समाजवादी फोरमका अध्यक्ष यादवले ८ वैशाखमा संयुक्त प्रेस विज्ञप्ती जारी गरी एकता संयोजन समिति गठन गरेको जनाएका छन् ।
पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठानात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको जनाउदै एकताको कार्यलाई निष्कर्षमा पुर्याउने सहमति भएको जनाएको छ । नयाँ शक्ति र समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएपनि नेतृत्वको विषयलाई लिएर टुङ्गो लाग्न सकेको छैन् ।
नयाँ शक्तिका नेताहरुले डा.भट्टराईले नेतृत्व गर्नु पाउनु पर्ने दावी गर्दै आएका छन भने समाजवादी फोरमका नेताहरुले यादवले नेतृत्व पाउनु पर्ने दावी गर्दै आएका छन् । त्यस्तै समाजवादी फोरमका वरिष्ठ नेता राईलाई दिइने पदमा बारेमा पनि सहमति हुन सकेको छैन् । उनलाई एकतापछि वरिष्ठ नेता दिने की अध्यक्ष बनाउने भन्ने विवाद रहेको छ ।